×

वीरगञ्ज १७ कात्तिक । ईकमर्स कम्पनी दराजले आफ्नो वार्षिक ११.११ सेल यही नोभेम्बर ११ (कार्तिक २६) मा आयोजना गर्ने तयारी गरेको छ । अलिबाबाको ११.११ चीनबाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ।

११.११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट, निःशुल्क डेलिभरी, भौचरहरु र अन्य मार्फत ६ हजारभन्दा बढी विक्रेताहरू र १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डहरुले बेच्दै आएका ५ लाखभन्दा बढी उत्पादनहरुमा धेरै भन्दा धेरै छुट पाउने कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसपाली को ११.११ सेलमा ग्राहकहरुले साझेदार बैंकहरूको डेबिट र क्रेडिट कार्डमार्फत सामान अर्डर गर्दा २० प्रतिशत (तीन हजार रुपैयाँ) सम्मको छुट पाउनेछन।

यसका लागि नबिल बैंक, एनआईसी एसिया, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकका कार्ड प्रयोगकर्ताहरु योग्य छन्।

यस छुटको मज्जा लिन ग्राहकहरुले आफ्नो बैंक कार्डमार्फत अनलाइन शपिङ गर्न मिल्ने हुनपर्छ। ग्राहकहरूले कार्ड एक्टिभेट गर्न सम्बन्धित बैंकमा सम्पर्क गर्न सक्दछन् ।

११.११ मा ग्राहकहरुले दराज वन रुपैयाँ गेम, एड टु कार्ट एण्ड विन, मिसन ११.११ र डिएफजी लुडो प्रतियोगिता जस्ता रमाइला गेमहरुमा भाग लिएर आकर्षक पुरस्कारहरु जित्ने मौका पनि पाउनेछन।

दराज वन रुपैयाँ गेममा ग्राहकहरुले महंगा सामानहरु जम्मा एक रुपैयाँमा जित्न सक्नेछन, एड टु कार्ट एण्ड विनमा आफ्नो दराज एपको कार्टमा राखेको समान जित्न सक्छन् भने लुडो प्रतियोगितामा थप पुरष्कार सहित रु. १५००० जित्न सक्नेछन।

साथै, ग्राहकहरूले ११.११ मा शपिङ गर्दा ८ लाख बराबरको नयाँ टीभीएस अपाचे आरआर ३१० पनि जित्न सक्नेछन।

११.११ को दिनमा दराज एप र वेबसाइटमा पाँच लाखभन्दा बढी प्रयोगकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ।

त्यसैले नेपालका २७ शहरहरूमा द्रुत वितरण सुनिश्चित गर्न र सबैभन्दा राम्रो ग्राहक अनुभव प्रदान गर्न दराजले ९०० भन्दा बढी डेलिभरी र ग्राहक सेवा एजेन्टहरू थपेको छ।

साथै कर्मचारी र ग्राहकहरूको सुरक्षा सुनिश्चित गर्न दराजले प्रत्येक कर्मचारीको नियमित तापमान जाँच, हरेक स्थानमा नियमित सरसफाई र सबै डेलिभरी राइडरहरूलाई मास्क, पन्जा र सेनिटाइजरहरु प्रयोग गर्न लगाएको छ।

समग्रमा, २०२० को दाराज ११.११ सम्पूर्ण नेपालभरका ग्राहकहरूका लागि सुरक्षित शपिङ अनुभव सुनिश्चित गर्दै यस वर्षको सबैभन्दा ठूलो अनलाइन सेल हुने कम्पनीले जनाएकाे छ ।

Back to top