×

वीरगञ्ज १५ कात्तिक । भिडियो कन्फ्रेन्सिङ सेवा जूमले कोरोना भाइरस महामारीका बेला तीव्र गतिमा व्यवसायिक सफलता प्राप्त गरिरहेको छ । यो कम्पनी अब विश्वको सबैभन्दा ठूलो तेल तथा ग्यास उत्पादकमध्ये एक एक्सोन मोबिलभन्दा बढी मूल्यवान बनेको छ ।

फोर्ब्सका अनुसार शुक्रबार दिउँसाे अमेरिकाकाे स्थानीय समय अनुसार साढे २ बजे जूमकाे बजार मूल्याकंन १३९ विलियन डलर अर्थात् १६५ खर्ब ७७ अर्ब ९६ कराेड १ लाख नेपाली रूपैयाँ रहेकाे छ जबकि एक्सोनको बजार मूल्य १३८.९ डलर रहेको छ ।

जूमले यो वर्ष १९ विलियन डलरसहित मार्केट क्याप सुरु गरेको थियो । यसैबेला जुमका संस्थापक एरिक युआन भने गत तीन महिनामा आफ्नो भाग्य झन्डै दोब्बर गर्न सफल भए ।

जुलाई २०२० देखि अमेरिकाको धनी मान्छेहरूको फोर्ब्स ४०० सूचीमा देखिएपछि उनको कुल सम्पत्ति लगभग दोब्बर भएको छ । उनको सम्पत्तिबाट ११ बिलियन डलरबाट २१.३ बिलियन डलर पुगेको छ ।

युआन र जूमकाे भाग्य काेभिड सुरू भएसँगै चम्किन थालेकाे हाे । याे अवधिमा जूमकाे व्यवसाय तीव्र गतिमा बढेकाे छ । मानिसहरू घरमै सीमित हुँदा भिडियो कन्फरेन्सिङमा निर्भर भएका छन् । गत वर्षको यही अवधिभन्दा जूमले ६ सय प्रतिशत बढीले आम्दानी कमाउन सफल भएको फाेर्ब्सले लेखेकाे छ ।

टेक पाना डटकमबाट साभार ।

Back to top