×

वीरगञ्ज २९ असोज । बलात्कारीलाई फाँसीको माग गर्दै वीरगञ्जमा युवाहरुले प्रदर्शन गरेका छन् ।

 

दण्डहिनताका कारण सामाजमा महिला हिंसाका गतिविधीले प्रश्रय पाएको भन्दै वीरगञ्जका युवाहरुले र्‍याली सहित विरोध प्रदर्शन गरेका हुन् ।

 

बलात्कारीलाई फाँसी दे, न्यायमा ढिलाई भनेको अन्याय हो, सरकार भेटियो न्याय भेटिएनलगातयका नारा लगाउँदै वीरगञ्जको घण्टाघरबाट सुरु भएको विरोध र्‍याली नगर परिक्रमा गरि पुनः घण्टाघर आएर कोणसभामा परिणत भएको थियो । र्‍याली पछि युवाहरु केही बेर घण्टाघर चोकमा धर्ना समेत दिएका थिए ।

 

छोटो हाम्रो लुगा होईन–छोटो तपाईको सोच हो, सच्चा पुरुष नारीको सम्मान, बलात्कारमुक्त समाज हाम्रो अभियान, पिडीतलाई न्याय दे, माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नुभएको सरकार भ्रष्टाचारमा व्यस्त छ लगायतका नारा लेखिएका प्लेकार्ड सहित युवाहरु प्रदर्शनमा उत्रिएका थिए ।

 

र्‍यालीमा सहभागिहरुले बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई कारवाहीको दायरा भित्र ल्याउनुपर्ने माग गरेका थिए । कार्यक्रममा १ सय भन्दा बढी युवाहरुले विरोध स्वरुप कालो रंगको कपडा लगाएर प्रदर्शन गरेको र्‍यालीमा सहभागी आशिष गुप्ताले बताए ।

 

सरकारले बल्त्कारीहरु विरुद्ध कडा कानुन नल्याए आफुहरुले आगामी दिनमा पनि यस्ता प्रदर्शन गरिरहने बताए ।

Back to top