×

वीरगन्ज २६ असोज । जनता समाजवादी पार्टी पर्साले बृहत पार्टी प्रबेश कार्यक्रम आज सम्पन गरेको छ ।

जनता समाजवादी पार्टी पर्साले सोमबार पर्साको सखुवा प्रसौनी गाउँपालीका समितिद्धारा औराहामा आयोजित बृहत पार्टी प्रबेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ३ सय ९० जाना जनता समाजवादी पार्टीमा प्रबेश गरेका छन ।

नव प्रबेशिहरूलाई फुलमाला लगाउदै पार्टीका बरिष्ट नेता पुर्व प्रधानमंत्री डा.बाबुराम भट्टराई, पार्टीका केन्द्रिय अध्यक्ष मा.उपेन्द्र यादव, कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, पर्सा क्षेत्र नं १ का सांसद प्रदिप यादव, प्रदेश नम्बर २ का मुख्यमंत्री लालबाबु राउत र सांसद हरिनरायण रौनियार लगायतले पार्टी प्रबेश गराएका थियो ।

जनता समाजवादी पार्टी पर्साको सखुवा प्रसौनी गाउपालीका समिति द्धारा महुवनमा आयोजित बृहत पार्टी प्रबेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ३ सय ९० जाना जनता समाजवादी पार्टीमा प्रबेश गरेको सांसद प्रदिप यादवले बताए ।

कार्यक्रममा कोरोना महामारी विच जनता समाजवादी पार्टी पर्साले सम्पन गरेको छ पार्टी प्रबेश संघीय सांसद, प्रदेश सांसदहरू पार्टीका नेता तथा कार्यकर्ताका उल्लेखनीय उपस्थिति समेत रहेको थियो ।

Back to top