×

वीरगञ्ज १४ असोज । पर्साको धोविनि गाउँपालिकामा अवस्थित भिखमपुर स्वास्थ्य केन्द्रमा अखिल नेपाल पिछडा वर्ग ओबिसि महासंघ पर्साले सरसफाई गरेको छ ।

महासंघका धोबिनि गाउपालिका कमिटि अध्यक्ष औनिराज रौनियारको सभापतित्वमा भएको सरसफाई कार्यक्रममा स्वास्थ्य केन्द्रको भवन आसपास र परिसरमा सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा प्रहरी निरिक्षक किस्मान तामाङ्, मनोज यादब, बिकास साह, महासंघ गाउँ कमिटिका उपाध्यक्ष अतेन्द्र पटेल, दिना राउत लगायत कमिटिका पदाधिकारी सहित स्थानीयको सहभागिता रहेको कमिटिका सचिब देवसिस पटेलले जानकारी दिनुभयो ।

विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण लकडाउन तथा निषेधाज्ञा हुँदा स्वास्थ्य केन्द्रमा घाँस पलाउनका साथै फोहोर बढेको थियो । झण्डै ७ महिनाको अन्तरालपछि सामान्य अवस्थामा फर्किदै गरेको अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वस्वरुप स्वास्थ्य केन्द्रमा सरसफाई गरिएको संघका अध्यक्ष रौनियारले बताउनुभयो ।

साथै आगामी दिनमा सडक, बाटो, मन्दिर लगायतका सार्बजनिक स्थलहरुमा सरसफाई देखी अरु क्रियाकलाप पनि गर्दै जाने रौनियारको भनाई छ ।

Back to top