×

वीरगञ्ज १३ असोज । जिल्ला प्रहरी कार्यालय बाराले सोमबार ७ लाख बराबरको अवैध मालसामान र चौपाया भन्सार चलान गरेको छ ।

प्रहरीले ६ लाख दुई सय ४० रुपैंया बराबरको लताकपडा, उक्त लताकपडा ओसारपसार गर्न प्रयोग गरिएको २ थान मोटरसाईकल र १ लाख एक हजार सात सय रुपैंया बराबरको ३ वटा भैंसी र ६ वटा पाडौ भन्सार बुझाइएको जनाएको छ ।

गत असोज १० गते जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी गस्ती टोलीले कलैया उपमहानगरपालिका वडा नं.२० र सिम्रौनगढ नगरपालिका वडा नं. ६ बाट भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याएको विभिन्न किसिमको लताकपडा र उक्त लताकपडा ओसारपसार गर्न प्रयोग गरिएको २ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको जानकारी दिएको छ ।

यस्तै, सुवर्ण गाउँपालिका वडा नं.३ स्थित नेपाल भारत सिमा नजिक भारतबाट नेपाल भित्र्याएको ३ वटा भैसी र ६ वटा पाडो प्रहरीले बेवारीसे अवस्थामा फेला पारेको जनाएको छ ।

लताकपडा तथा भैंसी समेत भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि आज भन्सार कार्यालय वीरगञ्ज पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Back to top