×

वीरगञ्ज १० असोज । नेपाल रेडक्रस सोसाइटी आदर्शनगर उपशाखा र वीरगञ्ज महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राम नागिन प्रसाद कानुको सहकार्यमा वीरगञ्ज मा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सम्पन्न स्वास्थ्य शिविरमा एक सय १७ जनाले स्वास्थ्य परिक्षण गराएको वडाध्यक्ष कानुले जानकारी दिए । वीरगञ्ज को घडअर्वास्थित शिवपार्वती मन्दिरमा भएको शिविरको उद्घाटन नेपाल रेडक्रोस पर्सा शाखाका सभापति विरेन्द्र राज कंडेलले आफ्नो स्वास्थ्य परिक्षण गराई गरेका थिए ।

रेडक्रस आदर्शनगर उपशाखा सभापती सन्तोष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा समाज सेबी परमानंद साह कानू, पवन अग्रवाल, डर अक्षय द्विवेदी, मनोहर साह, राजकुमार गुप्ता, कृष्ण कुशवाहा, हीरालाल साह, तिलक साह, दीपक साह, अरबिन्द साह, राकेश साह, सञ्जय चौधरीलगायतको उपस्तिथि रहेको वडाध्यक्ष कानुले बताए ।

Back to top