वीरगञ्ज ९ असोज । मेडिकल क्षेत्रमा सुधारको माग गर्दै अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको आन्दोलनसँग एक्यबद्धता जनाउँदै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनले पनि वीरगञ्जमा प्रदर्शन गरेको छ ।
नेविसंघसँग आबद्ध विद्यार्थीहरुले शुक्रबार वीरगञ्जको घण्टाघर चोकमा डाक्टर केसीको समर्थनमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
उनीहरुले डा. केसीको जिवन रक्षाको माग गर्दै विभिन्न नारा बोकिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा पुर्व मन्त्रि एवम् नेपाली कांग्रेसका नेता सुरेन्द्र प्रसाद चौधरी, नेपाली कांग्रेस पर्साका जिल्ला उपाध्यक्षद्वय दिनाप्रसाद गुप्ता, प्रकाश उपाध्याय, जिल्ला सचिब श्याम पटेल, सहसचिब रोशन लामिछाने, नेविसंघका पुर्व केन्द्रिय सदस्य सुधिर पटेल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा विरोध प्रदर्शन गरिएको संघले जनाएको छ ।