×

वीरगञ्ज ९ असोज । मेडिकल क्षेत्रमा सुधारको माग गर्दै अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थमान वीरगञ्जमा आजपनि प्रदर्शन गरिएको छ ।

वीरगञ्जमा नेपाल चिक्तिसक संघ नारायणी अञ्चल शाखामा आवद्ध चिकित्सकहरु प्रदर्शन गरेका हुन् ।

अस्पतालका चिक्तिसकहरुले चिकित्सक संघको कार्यालयमा एउटा कार्यक्रम आयोजना गरी केहीबेर प्रदर्शन गरेका थिए ।

प्रहरीले डाक्टर गोविन्द केसीसँग गरेको अभद्र व्यवहारको लागि माफी माग्दै उनको सम्पूर्ण जायज मागलाई सरकारले पूरा गर्नुपर्ने भन्दै प्रदर्शन गरेका थिए ।

चिकित्सकहरुले हिजोदेखि हातमा कालो पट्टि बाधेर सांकेतिक विरोधसमेत गर्दै आएका छन् ।

Back to top