×

वीरगञ्ज ९ असोज । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जद्वारा सञ्चालित बाबा होटल आइसोलेशनमा उपचाररत ७७ वर्षीय संक्रमितको मृत्यु भएको हो ।

उनक गएराति मृत्यु भएको नेशनल मेडिकलका फोकल पर्सन डाक्टर असरफ हुसेनले बताए ।

लामो समयदेखि मुटु र मृगौला रोगबाट पिडित उनलाई असोज ७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । आइसियू कक्षभित्र भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा वृद्धको गएरति साढे ८ बजे मृत्यु भएको थियो ।

मृतक हुने व्यक्ति पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ निवासी हुन् ।

स्वास्थ्यमा समस्या आएपछि असोज ७ गते उपचार गराउँन नारायणी अस्पताल पुगेका उनमा कोरोनासँग मिल्दो झुल्दो लक्षण देखिएपछि कोरोना परिक्षण गरिएको थियो ।

सोहि दिन परिक्षणको नतिजा आउँदा उनमा कोरोना संक्रमण देखिएको डा. हुसेनले जानकारी दिए ।

योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

Back to top