×

वीरगञ्ज ८ असोज । वीरगञ्जस्थित हिमाञ्चल केविनकी सञ्चालक ममता राजकर्णिकरको निधन भएको छ ।

लामो समयदेखि काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचाररत रहेकी राजकर्णिकरको आज दिउँसो निधन भएको हो ।

कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उनको काठमाडौँस्थित ग्राण्डी अस्पतालको अति सघन कक्ष भित्र भेन्टिलेटरमा राखेर उपचार चलिरहेको थियो ।

वीरगञ्जस्थित क्रेच इन्टरनेसनल स्कुलकी सञ्चालक समेत रहेकी राजकर्णिकर केहि दिनअघि कोरोनामुक्त भएपनि स्वास्थ्यमा सुधार नआएको कारण उनलाई अस्पतालमै राखिएको थियो । उपचारको क्रममा बिहिबार दिउँसो अढाई बजे उनको मृत्यु भएको परिवार निकट स्रोतले जनाएको छ ।

शुक्रबार काठमाडौँस्थित पशुपतिनाथ आर्यघाटमा उनके अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । राजकर्णिकर वीरगञ्जको विभिन्न संघ संस्थामा समेत आबद्ध रहेकी थिइन । उनि उमन स्किल सेन्टर वीरगञ्जको संस्थापक सदस्य र सृजनशिल युवाहरुको संस्था संस्कृतीकी सल्लहाकार समेत रहकी थिइन ।

यसअघि केहि दिन अगाडी कोरोना संक्रमणकै कारण उनका भाई एवम् युवा व्यवसायी विजय राजकर्णिकर र आमा केदार नानि राजकर्णिकरको निधन भएको थियो ।

Back to top