×

वीरगञ्ज ८ असोज । बाराको महागढीमाई नगरपालिकामा चोरीको घट्ना बढ्दै गएको स्थानीयहरुले असुरक्षित महसुस गर्नथालेको गुनासो गरेका छन् ।

विगत केहि दिनदेखि नगरपालिकाको विभिन्न वडामा चोरीको घट्ना बढेपनि प्रहरी प्रशासनले कुनै कारवाही नगर्दा स्थानीयले असुरक्षित महसुस गर्न गर्न थालेका हुन् ।

प्रहरीले शान्ति सुरक्षामा ध्यान नदिँदा नगर क्षेत्रभित्र पटक-पटक चोरीको घट्नाहरु बढ्दै गएको नगरपालिका वडा नम्बर ८ क वडा अध्यक्ष जहिर मियाँले बताए ।

उनले वडास्थित ब्रहमपुरी टोलका बुधन यादव र रामपुकार यादवको घरमा नगद ३० हजार सहित गरगहना तथा लताकपडा चोरी भएको एक हप्ता विती सक्दा पनि प्रहरीले चोरहरुलाई समात्न नसकेको बताए ।

प्रहरी शान्ति सुरक्षा व्यवस्थापन गर्नुभन्दापनि तस्करहरुसँग साठगाँठ गर्नमा व्यवस्थ रहेको कारण चोरीको घट्ना बढ्दै गएको उनले बताए । उनले भारतबाट अवैध तरिकाले सामग्रीहरु ल्याउँने तस्करसँग प्रहरीले पैसा लिएर लाइने खोल्ने गरेको आरोप लगाए ।

मियाँले नगरपालिकास्थित मैनीटोल निवासीले केहि दिन अगाडी दुई तस्करलाई समातेर सुरक्षाकर्मीलाई जिम्मा लगाएपनि प्रहरीले उनीहरुमाथि कारवाही नगरी छाडेको गुनासो गरे । उनीहरुले गुट्खा र सुर्ती जन्य पदार्थ सामग्री तस्करी गरिरहेको मियाँले बताए ।

उनले वडा नम्बर ८ को अर्नावा चौकमा ४/५ जनाको संख्यामा प्रहरीको जहिलेपनि उपस्थित रहेपनि उनीहरु तस्करहरुसँग पैसा उठाउने काममा मात्र सक्रिय रहेकोले शान्ति सुरक्षामा ध्यान नपुगेको मियाँले औल्याए ।

चोरी भएको एक हप्ता विति सक्दा समेत स्थानिय प्रहरीले चोरहरुलाई समात्न नसक्नुले स्थानीयमा त्रास बढ्दै गएको मियाँको भनाई छ । प्रहरीले शान्ति सुरक्षा भन्दापनि तस्करीलाई प्रस्य दिएको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले बताए ।

यता बरियारपूर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक प्रमोद यादवले प्रमाणको अभावमा ति दुई व्यक्तिलाई छोडिएको बताए । सेन काटेर चोरी भएको घट्ना सत्य भएपनि बाटोमा हिन्ने जोकोहीलाईपनि चोर भन्न नमिल्ने उनले बताए ।

उनले नगरमा शान्ति सुरक्षामा प्रहरीले लापरवाही नगरेको प्रतिबद्धता व्यक्त गर्दै चोरहरुको खोजि तिब्र रुपमा भइरहेको जानकारी दिए ।

Back to top