वीरगञ्ज ८ असोज । जिल्ला प्रहरी कार्यालयले एउटा भारतीय नम्बरको स्कर्पियो गाडी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलिले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ स्थित सडक खण्डबाट अलपत्र अवस्थामा भारतीय नम्बरको गाडी बरामद गरेको हो ।
जिल्लामा जारी निषेधाज्ञा र बन्द सिमानका वाजवुदपनि नेपाल भित्र्याएर ग्रामिण क्षेत्रमा भारतीय नम्बरको गाडीहरु चलिरहेक विशेष सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले मंगलबार विआर ३२ पी ए २३०६ नम्बरको एउटा स्कर्पियो गाडी बरामद गरेको थियो ।
गाडी बारे अहिलेसम्म कसैलेपनि हकदावी गर्न नआएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ । हकदावी गर्न कोहि नआएपछि प्रहरीले गाडीलाई आवश्यक कारवाहीकालागि भन्सार कार्यालय वीरगञ्ज पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।