वीरगञ्ज ८ असोज । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकालागी सरकारले निषेधाज्ञालाई सुरक्षाकर्मीले कमाई खाने भाँडो बनाएका छन् ।
निषेधाज्ञासँगै सरकारले भारतसँग जोडिएको सबै सिमा नाकाहरुलाई बन्द गरेरपनि आर्थिक प्रलोभनमा प्रहरीले तस्करीको लाइन खोलेको पाइएको छ ।
जिल्लाको विभिन्न स्थानमा रहेका खुल्ला सिमानाकाहरुको फाइदा उठाउँदै प्रहरीको मिलोमतोमा खुलेआम तस्करी भइरहेको स्थानीयले बताएका छन् ।
वीरगञ्जसँग जोडिएका छपकैयाँ, अलौँ, सिर्सियालगायतका नाकाहरुबाट तस्करहरुले निर्वाध रुपमा अबैध सामग्री ल्याएपनि प्रहरी मुकदर्शक बनेर मात्र बसेको छ ।
।
वीरगञ्जको छपकैयाको छठ घाट र बाँसघारीबाट तस्कर समुहले भारतबाट लत्ता कपडा, हार्डवेयर, मोटरपार्टस लगायतको समानहरुको चोरी पैठारी गरि नेपाल भित्रयाईरहेका छन ।
छपकैया नाकाबाट रातीको समयमा केही स्थानीय व्यक्तीहरुले केराउको समेत तस्करी गरिरहेको स्थानीयले जानकारी दिएका छन् ।
[video width="640" height="352" mp4="https://www.sajhadaily.com/wp-content/uploads/2020/09/WhatsApp-Video-2020-09-24-at-7.59.39-AM-1.mp4"][/video]