वीरगञ्ज ७ असोज । वीरगञ्जमा लकडाउन र निषेधाज्ञाकाे अवधिमा छाडा चौपायाहरू भने बढेका छन् ।
वीरगञ्ज महानगरपालिकालगायत विभिन्न संस्थाहरूले छाडा चौपायाविरुद्धको अभियान अहिले स्थगित गरेपछि यहाँका सडकमा छाडा चौपायाहरू बढेका हुन् ।
घण्टाघर, मुर्ली, श्रीपुर, आदर्शनगर, अलखियामठ, माईस्थान, महावीर स्थानका सडकमा छाडा चौपायाहरू प्रशस्त देख्न पाइन्छ । गाई, भैंसी, घोडा, साँढे, कुकुर आदि जथाभावी सडकमा हिंड्डुल गरिरहेका हुन्छन् ।
लकडाउन र निषेधाज्ञामा सवारीसाधन नचल्दा सडकमा रजाइँ गरेका चौपायाहरूलाई अहिले सवारीसाधन सञ्चालन भएसँगै नियन्त्रण दुर्घटना निम्तिने संभावना बढेकाे छ ।