×

वीरगञ्ज ७ असोज । कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागी सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण हरेक क्षेत्र प्रभावित भइरहेको अवस्थामा कलाकारहरुको दैनिकीमा पनि प्रभाव परेको छ ।

विगत लामो समयदेखी सञ्चार क्षेत्रमा आवद्ध रहनुका साथै लोकप्रिय कार्यक्रम प्रस्तोता विवेक खतिवडाले लकडाउनकै समयमा व्यावसाय शुरु गर्नुभएको छ । कलाकारीता क्षेत्र तथा सञ्चार क्षेत्रमा आवद्ध भएकाहरुले पछिल्लो समय बैकल्पिक बाटो खोज्ने क्रम पनि बढेको छ ।

कलाकारीता सँगै सञ्चार क्षेत्रमा आवद्ध भएकाहरुले बैकल्पिक पेशालाई रोजेर आफ्नो जिवनयापन सहज बनाइरहेका समाचारहरु प्रकाशमा आइरहेका छन् । यही अवस्थामा सञ्चरकर्मी एवम् लोकप्रिय कार्यक्रम उद्घोषक विवेक खतिवडाले पनि आफ्नो व्यावसाय शुरु गरेका छन् ।

कोरोना भाइरसको महामारी अघिदेखी नै व्यावसाय शुरु गर्ने मनसाय भएपनि कार्यक्रमको व्यस्तताले गर्दा समय मिल्न नसकेको भन्दै अहिले लकडाउनले व्यावसाय शुरु गर्ने अवसर जुराइदिएको साझा डेलीसँगको कुराकानीका क्रममा खतिवडाले बताए ।

शैक्षिक योग्यताका साथै विविध किसिमका प्रतिभा र क्षमता भएकाहरु पनि बैदेशिक रोजगारमा जानेहरुलाई नेपालमै पनि केही गर्न सकिन्छ भन्ने उदाहरण बन्नका लागी पनि व्यावसाय शुरु गरेको उनको भनाई छ । सञ्चार क्षेत्रमा आजिवन आवद्ध रहेपनि अरु पनि केही इलम गर्ने हेतुले काठमाण्डौ स्थित चलचित्र विकास बोर्डको कार्यालय क्षेत्रमा दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरण गर्ने व्यवसाय शुरु गरेको खतिवडाले बताए ।

वीरगन्जबाट सञ्चार जगतमा पाईला टेकेका खतिवडाले रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तोता, म्युजिक भिडियो निर्देशन तथा मोड्लिङ् समेत गरेका छन् । हरेक जसो औपचारीक कार्यक्रमहरुमा खतिवडाकै आवाजमो माग हुने गर्छ भने उनको आवाजलाई निकै दर्शक तथा श्रोताहरुले रुचाएका छन् ।

उनि आफ्नो सफलताको श्रेय आफ्नो परिश्रम सँगसँगै आफ्नो आवाज र प्रस्तुतीलाई रुचाइदिने दर्शक श्रोतालाई दिन्छन् । हाल खतिवडा जनता टेलिभिजनमा कार्यरत छन् ।

Back to top