वीरगञ्ज ७ असोज । रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बेलवास्थित दलित बस्तिमा राहत वितरण गरेको छ ।
लकडाउन र निषेधाज्ञाका कारण प्रभावित परिवारलाई क्लबले बुधबार (आज) एक कार्यक्रम बीच राहत वितरण गरेको हो ।
क्लबका सर्भिस प्रोजेक्ट डाईरेक्टर अनिल जायसवालको संयोजकत्वमा गएको टोलिले त्यस क्षेत्रमा बसोबास गर्ने मुसहर र माझि समुदाका ५० भन्दा बढी परिवारलाई राहत वितरण गरेको थियो ।
क्लबका भुतपुर्व अध्यक्ष सञ्जय साहले चामल, दाल, नुन, तेललगायतका खाद्यान्न सामाग्री वितरण गरेका थिए ।
बस्तिमा रहेको दलित परिवारलाई निषेधाज्ञा र लकडाउनको कारण अफ्ठ्यारो भएको खबर प्राप्त भएपछि क्लबले सहयोग गरेको सर्भिस प्रोजेक्ट डाईरेक्टर जायसवालले जानकारी दिए ।
उनले क्लबबाट विगतमापनि निषेधाज्ञा र लकडाउनका कारण प्रभावित परेको सहयोग गरिएको बताए । जयसवालले भविष्यमापनि क्लबले यस्तो कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्दता व्यक्त गरे । कार्यक्रममा क्लबका अध्यक्ष विनित लोहियालगायतको उपस्थिति रहेको थियो ।