×

वीरगञ्ज ६ असोज । वीरगञ्ज माहानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले विद्यालय भवनको शिलान्यास गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया दक्षिणी टोलामा रहेको छठघाटको जग्गामा वीरगञ्ज महानगरपालिकाको सहयोगमा निर्माण हुन लागेको आधारभुत विद्यालयको नगरप्रमुख सरावगीले शिलान्यास गरेका हुन् ।

पहिलादेखि दुई वटा कोठा रहेको जग्गामा महानगरपालिकाले थप दुई वटा कोठा निर्माण गर्न लागेको हो ।

छठ व्यवस्थापन समितिको विशेष पहलमा निर्माण हुनलागेको विद्यालयबाट अगामी शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्ने लक्ष्य लिएइएको छ ।

हालकालागि आधारभूत कक्षा मात्र सञ्चालन गर्ने उद्देश्यका साथ सुरु गरिएको विद्यालयमा स्तारोत्न्नती गर्ने लक्ष्य लिइएको मेयर सरावगीका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले बताए ।

छठ व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र महतो कोइरीको अध्यक्ष्तामा भएको शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टीका नेतता दिनेश साह, बन्शि रौनियार, प्रेम साह, पण्डित रामदेनि तिवारी स्कुलका प्राधानाध्यापक रविन्द्र तिवारी, रेल्वे माविका प्रधानाध्यापक दिनेश चौरसियालगायतको उपस्थिती रहेको थियो ।

Back to top