वीरगञ्ज ५ असोज । पर्साको पकहामैनपूर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले पछिल्लो समय उनिसँग जोडेर आएको खबरको खण्डन गरेका छन् । मधेस आन्दोलनका शहिद सत्रुधन पटेलको पाँचौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनिसँग विभिन्न सञ्चार माध्यमा आएको समाचारहरुको उनले खण्डन गरेका हुन् ।
वीरगञ्जबाट सञ्चालित एउटा स्थनीय रेडियोमा अन्तर्वार्ता दिँदै अध्यक्ष चौरसियाले हुँदै नभएको व्यक्तिगत तथा नितान्त निजि विषय वस्तुलाई बाहिर ल्याएर राजनीतिक द्वेष साधन खोजेको आरोप लगाएका छन् ।
उनले पार्टी भित्रका केहि उच्छृङ्खल व्यक्तिहरुले व्यक्तिगत रिसिवी साधन आफुलाई बद्नाम गराउन विभिन्न सञ्चार माध्यम मार्फत गलत र भ्रामक समचार प्रकासन गर्न लगाएको बताए ।
कुराकानीमा उनले शहिदको सपना पूरा गर्नका लागि आफुहरु सच्चा मन र आत्माबले काम गरीरहेको बताए । उनले अधिकार, समृद्धि तथा विकासकोलागि आफ्नो रगत वगाएको कुरा आफुहरुले नभुलेको दावी गरे । उनले सानो तिनो कुरामा लागेर शहिदहरुलाई अपमान गर्न दु:खद भएको बताए ।
उनले शहिद सत्रुधन पटेलको स्मृतिको दिवसको अवसर आयोजना हुने वार्षिक कार्यक्रममा आफुलाई अपमान गराउन गलत र भ्रामक प्रचार गरेको बताए ।
गाउँपालिकाको विकासको सवालमा सोधिएको प्रश्नको जवाफ दिँदै अध्यक्ष चौरसियाले गाउँपालिकामा विकास सन्तोषजनक हिसावले अगाडी बढीरहेको र आफु जनताको अदालतमा खरो उत्रिने दावी गरे ।
उनले गाउँपालिकामा आफ्नो पार्टी बहुमतको सरकार नभए पनि साथीहरुसँग सहकार्य गरी विकास निर्माणको कार्यलाई पहिलो प्राथमिकता राखी काम गरीरहेको बताए ।