×

वीरगञ्ज ५ असोज । कोरोनाको महामारीसँगै बन्द गरिएको आन्तरिक हवाइ उडान करिब ६ महिनापछि आज (सोमबार)बाट खोलिएको छ ।

चैत ११ देखि बन्द भएको आन्तरिक उडान आजबाट देशैभरका विमानस्थनमा उडान र अवतरण गर्ने गरि खुल्ला गरिएको हो । सरकारले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने यसअघि नै निर्णय गरेको थियो ।

सुरुमा सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको

छ । आज पहिलो दिन देशैभर आन्तरिक उडान ३६ देखि ४० वटा हुने भएको छ ।

स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घन्टा लम्बिएको छ । अब विगतमा एक घन्टाअगाडि विमानस्थल जानुपर्ने यात्रु दुई घन्टाअगाडि जानुपर्ने व्यवस्था गरिएको छ ।

विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

Back to top