×

वीरगञ्ज ३ असोज । घट्दै गएको कोरोना संक्रमणको ग्राफ बारामा फेरी बढेको छ । जिल्लामा एकै दिनमा ४५ जनामा कोरोना पुष्टि भएपछि ग्राफ बढेको हो ।

नारायणी अस्पतालले शुक्रबार राति गरेको पीसीआर परीक्षणमा थप जम्मा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १० महिलासहित ४५ जना बारा जिल्लाको विभिन्न स्थानिय तहका बासिन्दा हुन् । पछिल्लो केहि हफ्ता भित्र बारामा थपिएको सबैभन्दा धेरै संक्रमितको हो यो ।

नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चिकित्सक डा. अतुलेश कुमार चौरसियाले दिएको जानकारी अनुसार बाराको बारागढी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बारागढीमा ८ जना संक्रमित थपिएका छन् । त्यसैगरी सोहि गाउँपालिकास्थित अठहइ प्रहरी चौकीमा पनि एक जना संक्रमित भेटिएका छन् ।

त्यस्तै बारागढी कै सिखी पठराहमा दुई जना र श्रीपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ । बारामा थपिने अन्य सबै संक्रमित सदरमुकाम कलैयाका बासिन्दा हुन् ।

बारा जिल्लामा संक्रमित बढिरहेको बेला स्थानीय प्रशासनले भने निषेधाज्ञा हटाएको छ ।

Back to top