×

वीरगञ्ज २ असोज । नेकपाको जिल्ला कमिटिको बैठक बोलाउनु पर्ने सदस्यहरुले माग गरेका छन् । जिल्ला समिति गठन भएको एक वर्ष बितिसक्दा समेत जिल्ला कमिटिले एउटापनि बैठक नगरेको भन्दै जिल्ला सदस्यहरुको एउटा टोलीले बैठक बोलाउनु पर्ने माग गरेको हो ।

पार्टीका जिल्ला कमिटि सदस्य राघव साहको नेतृत्वमा गएको एउटा टोलिले जिल्ला अध्यक्ष प्रभु हजरालाई एउटा ज्ञापन पत्र बुझाउदै तत्कालै जिल्ला कमिटिको बैठक राख्नुपर्ने माग गरेका छन् । ज्ञापन पत्रमा जिल्ला कमिटिको ५१ जना सदस्यले हस्ताक्षर समेत गरेका छन् ।

सदस्यहरुले कोभिड-१९ ले सृजना गरेको आक्रान्त समयमा समेत पार्टीको नेतृत्वपंक्तिले कुनै उल्लेखनीय कार्य नगरेको आरोप लगाएका छन् ।

त्यसैगरी सदस्यहरुले हालसम्मपनि जिल्ला कमिटिको कुनै बैठक नवसेको कारण जिल्लामा पार्टी कमिटीहरुलाई व्यवस्थित गर्दै पर्सेली जनताको हितमा पार्टीले काम गर्न नसकेको बताएका छन् । उनीहरुले पार्टीको बैठक नबस्दा संगठनलाई सुद्धढ पार्न गर्नुपर्ने कार्य अन्तर्गत सचिवालय गठन, जिल्ला कमिटी सदस्यहरुको कार्य विभाजन, जिल्ला अवस्थित पालिका कमिटिहरुलाई पुर्णता दिनु र पाइसकेकाहरुको सपथ जस्तो कार्य हननसकेको बताएका छन् । उनीहरुले यसको जिम्मेवार पार्टी अध्यक्ष प्रभु हजारालाई ठहराएका छन् ।

'पार्टी भित्र देखिएको तमाम बेथितीको संस्थागत हल खोज्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम बिधान –२०७५ को धारा ५९ को (क) १ बमोजिम जिल्ला कमिटीको बैठक २/२ महिनामा वस्नु पर्ने बैधानिक व्यवस्थासमेतलाई बेवस्ता गरिएको हुनाले धारा ५९ कै (क) को ४ बमोजिम हामी तपसिलका २५ प्रतिशत जिल्ला कमिटि सदस्यहरुले अविलम्ब जिल्ला कमिटिको बैठक वोलाउन जोडदार रुपमा माग गर्दछौं.' पत्रमा उल्लेख गरिएको छ ।

उनीहरुले आफ्नो मागको बेवस्ता गरिए नेकपाको अन्तरिम बिधान २०७५ को बैधानिक व्यवस्था अनुरुप थप अगाडी बढने चेतावनी समेत दिएका छन् ।

पत्र बुझाउन जिल्ला सदस्य धनबहादुर श्रेष्ठ, राजेन्द्र चौधरी, बिनयलाल साह, टुनटुन तिवारीलगायतका अध्यक्ष हजाराको निवासमै पुगेको जिल्ला कमिटि सदस्य राघव साहले बताए ।

Back to top