×

वीरगञ्ज १ असोज । पर्सामा विगत केहि दिनदेखि घटिरहेको कोरोनाको संक्रमितको संख्या फेरी ह्वातै बढेको छ ।

नारायणी अस्पतालको पिसिआर प्रयोशालामा बुधबार राति गरिएको पिसिआर परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको छ । थपिएका १९ मध्ये १७ जना पर्सा जिल्लाका बासिन्दा हुन् । पछिल्लो केहि दिनदेखि एक संख्यामा घटेको कोरोना संक्रमित थपिने संख्या बढेर २ मा पुगेको छ ।

पर्सामा थपिएका संक्रमितमध्ये अधिकतम वीरगञ्ज महानगरपालिकाका वासिन्दा छन् । वीरगञ्जमा मात्रै १० जना संक्रमित थपिएका छन् भने जिल्लाको जिराभावानी गाउँपालिका, बहुदरमाई नगरपालिका, पोखरिया नगरपालिका, पर्सागढ़ी नगरपालिका, सखुवापर्सौनी गाउँपालिका, बिन्दवासिनी गाउँपालिकामा एक/एक जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले बताए ।

उनले अस्पतालमा २ सय ९० जनाको परिक्षण गर्दा ५ महिलासहित बारामा र रौतहटमापनि एक/एक जना संक्रमित थपिएको जानकारी दिए । संक्रमितहरु १५ वर्षदेखि ६१ वर्षसम्म उमेर समुहका छन् । उनीहरुको सिटि भ्यालु १६ देखि ३० रहेको छ ।

Back to top