×

वीरगञ्ज — बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा न. १४ मा मंगलवार बिहान परेको चट्याङ् लागेर १ जनाको मृत्यु भएको छ ।

दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ् लाग्दा सोही ठाउँका अन्दाजी ४० वर्षिय धर्मप्रसाद राय चौधरीको मृत्यु भएको अस्थाई प्रहरी पोष्ट डुमरवानाले जनाएको छ ।

चट्याङ् लागेर गम्भिर घाइते भएका चौधरीको स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यसैगरी टायर गाडामा बालुवा लोड गरीरहेका अन्दाजी २७ वर्षिय तेतर माझि सामान्य घाइते भएका छन् । घाइते माझीको सोही क्लिनीकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्राले जानकारी दिनुभयो ।

Back to top