×

वीरगञ्ज ३० भदौँ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो पिसिआर परिक्षणमा

पर्सामा एक जना पनि संक्रमित भेटिएको छैन ।

अस्पतालले सोमबार साँझ २ सय ९० जनाको पिसिआर परिक्षण गर्दा भेटिएका २६ जना संक्रमितमध्ये एक जना पनि पर्साको छैन ।

सोमवार साँझ गरिएको परिक्षणमा पर्सा जिल्लामा संक्रमित नभेटिएको नारायणी अस्पतालका प्रबक्ता एवम् चर्म रोग बिशेषज्ञ डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए । जम्मा २ सय ९० जनाको स्वाबको नमुना परिक्षण गर्दा बाराका ३ जना र रौतहटका २३ जना गरी २६ जना कोरोना संक्रमित थपिएका हुन् । थपिएका संक्रमितहरुमध्ये २ जना महिला रहेका छन् । उनिहरुको सि टि भ्यालु १५ देखी ३२ सम्म रहेको डा. चौरसियाले बताउनुभयो ।

बारामा थपिएका संक्रमितमध्ये प्रसौनि गाउपालिका वडा न. २ का १ जना, जितपुर सिमारा उपमहानगरपालिका वडा न. १२ का १ जना र वडा न. ४ का १ जना रहेका छन् ।

त्यसैगरी रौतहटको गरुडा नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत ४ जना, सिभिल बैंकमा कार्यरत ४ जना, गरुडाकै ए पि एफ क्याम्पका २ जना, इलाका प्रहरी कार्यालय गरुडाका १ जना, माधवनारायण नगरपालिका वडा न. २ र ४ मा एक/एक जना र चन्द्रपुर नगरपालिका वडा न.६ का १ तथा गरुडा नगरपालिकाका विभिन्न वडाका ९ जनामा संक्रमण पुष्ठि भएको बरिष्ठ चिकित्सक डा. चौरसियाले बताउनुभयो ।

Back to top