×

वीरगञ्ज २७ भदौं । प्रदेश नं २ मा भएको शृंखलाबद्ध दलित हत्या को विरुद्धमा संचालित विभिन्न आन्दोलनमा एकबद्धता जाहेर गर्दै वीरगञ्जमा कोणसभा सम्पन्न भएको छ ।

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य एवम दलित अगुवा गया हजारा पासवानको अगुवाइमा रातो बङ्गला अगाडि आयोजित कोण सभामा वक्ताहरुले सदियौ देखि अपहेलित दलितहरूलाई लोकतान्त्रिक व्यवस्थामा पनि थप अपहेलित गर्ने देखि हत्या गर्ने समेतको कार्य स्वयम राज्य बाट हुनु निन्दनीय भएको बताएका थिए ।

साथै यसका विरुद्ध अब दलितहरु सहेर नबसी एकताबद्ध भएर संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए ।

कोण सभामा नेपाल पासवान संघ पर्साका सहसचिव शम्भु पासवान, दलित अगुवाहरु रजिन्द्र पासवान, धनन्जय पासवान, विजय पासवान, राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान, नन्दलाल राम लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

Back to top