वीरगञ्ज २३ भदौं । वीरगञ्ज महानगरपालिका कार्यालयले शहिदहरुको बेइज्जती गरेको भन्दै नेपाल विद्यार्थी संघ पर्साले विरोध प्रदर्शन गरेको छ ।
संघले मंगलबार महानगरपालिका कार्यालय अगाडी भौतिक दूरीको मापदण्डलाई पालना गर्दै विरोध प्रदर्शन गरेको हो ।
महानगरपालिका कार्यालयले मधेस आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको तस्विरलाई अवमुल्यन गरेको भन्दै विरोध प्रदर्शन गरेको थियो ।
जनता, नेता, कर्मचारी सम्पूर्णले उपभोग गरिरहेको हक, अधिकार र परिवर्तनकालागि आफ्नो ज्यानको आहुति दिने वीर शहीदहरुको सम्मान हुनु पर्नेमा यस्तो अपमानको साथ-साथै बहालवाला उपराष्ट्रपति र पूर्व प्रधानमन्त्रीको तस्वीरको यस्तो दुर्गतिले वीरगञ्जलाई पुनः देशको अगाडि लज्जास्पद बनाएको संघको ठहर छ ।
संघले शहिदहरुको तस्विरलाई अवमुल्यन गर्ने जोकोहीलाई पनि कारवाही गर्नुपर्ने माग गर्दै पुन: सम्मान पुर्वक स्थान दिनुपर्ने माग समेत गरेको छ ।
संघका पुर्व केन्द्रीय सदस्य सुधिर पटेलको विशेष उपस्थितिमा भएको प्रदर्शनमा विभिन्न विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।