×

वीरगञ्ज २२ भदाै । नारायणी अस्पतालका चिकित्सक र मेडिकल अफिसर बीच भएको विवाद सल्टिएको छ ।

मेडिकल अफिसर डा. विजय महतोसँग दुर्व्यहार गर्ने चिकित्सक र महतो बीच छलफलपछि आज विवाद सल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा सोमबार प्रहरी, चिकित्सक संघका प्रतिनिधि, दुर्व्यहारमा परेका मेडिकल अफिसर डा. विजय महतो र कुटपिट गर्ने चिकित्सक बीच भएको छलफल पछि विवाद सल्टिएको डा. महतोले जानकारी दिए ।

उनले चिकित्सकहरुले आगामी दिनमा यस्तो घट्ना दोहोरिन नदिने प्रतिबद्दता समेत व्यक्त गरेको जनाए ।

जिल्ला प्रहरी कार्यालय पर्साले पनि चिकित्सकहरुले आपासी समझदारीमा विवादको समाधान खोजेको जानकारी गराएको छ ।

सोमबार मेडिकल अफिसर डा. महतोले नेपाल चिकित्सक संघ नारायणी अस्पताल शाखाका सचिव डा. उदय नारायण सिंह र वरिष्ठ चिकित्सक डा. आरके सिंहको आदेशमा चिकित्सक डा. दीपक चौरसियाबाट आफु दुर्व्याहमा आरोप लगाएका थिए ।

आरोप लगाउँदै डा. महतोले शान्ति सुरक्षाको माग गर्दै तिनै जना चिकित्सकहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा दिएका थिए ।

Back to top