×

वीरगञ्ज २२ भदाै । लायन्स क्लब अफ वीरगञ्ज आर्दशनगरको सहयोगमा आज वीरगञ्ज २३ प्रसौनी बिर्तामा राहत वितरण गरिएको छ ।

सञ्चारकर्मी बिक्की नेपालको विशेष पहल र लायन्स क्लव अफ वीरगञ्ज आर्दशनगरको आर्थिक सहयोगमा अति विपन्न २५ परिवारलाई राहत समाग्री वितरण गरिएको होलायन्स कल्व अफ आर्दशन नगरका अध्यक्ष सञ्जय कुमार खेतानको अध्यक्षतामा आयोजित राहत बितरण कार्यक्रममा प्रत्येक परिवारलाई १५ केजी चामल र एक किलो दाल वितरण गरिएको थियो ।

श्री नेपाल राष्ट्रिय अधारभुत विद्यालयमा आयोजित कार्यक्रममा नेकपा युवा नेता एवं वडा सदस्य लालबाबु यादव क्लबका पुर्व अध्यक्ष प्रकाश भाहेति, क्लवका सदस्य विरेन्द्र कुमार शर्मा, समाजसेवी प्रहलाद गुप्ता गोंड, पत्रकार आरोहण साहलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रको सहजीकरण स्थानिय राकेश साहले गरेका थिए ।

Back to top