×

वीरगञ्ज २२ भदाै । कमजोर आर्थिक अवस्थाका कारण विगत ३ दिनदेखी प्रश्व पिडामा छटपटिएकी एक महिलाको उद्धार गरिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा न. १५ श्रीमणि टोलकी एक गर्भवति महिलालाई कोभिड एक्सन टिम (क्याट) ले उद्धार गरेको हो ।

आर्थिक स्थिती कमजोर भएका कारण अस्पताल जान नसकेकी महिलालाई क्याटको एमबुलेन्समार्फत नारायणी अस्पताल पु¥याइएको थियो ।

नारायणी अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रिति यादबको टोलिले इमरजेन्सी सफल शल्यक्रिया गरेको छ ।

उद्धारपछि अहिले निजको छोरा जन्मिएको र आमा र छोरा दुबैको स्वास्थ्य अवस्था स्वस्थ रहेको उपचारमा संलग्न डा. यादबले बताउनुभयो ।

Back to top