×

वीरगञ्ज २२ भदाै । बाराको फेटा गाउँपालिका वडा न. १ को आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

भलुही चौकमा वडा अध्यक्ष जयप्रकाश दासले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कोरोना भाइरसको महामारीका कारण रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव नहोस् भन्नका लागी कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा एकजना फरक क्षमता भएका व्यक्ति, २ महिलासहित ५० जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगञ्जले जनाएको छ ।

कार्यक्रममा रक्तसञ्चारकेन्द्र वीरगञ्ज र रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको धर्मेन्द्र झाले जानकारी दिनुभयो ।

Back to top