वीरगञ्ज २२ भदाै । वीरगञ्ज महानगरपालिका वडा न. १३ का स्थानीय युवाहरुको सक्रियता र कोभिड एक्सन टिम (क्याट) को सहयोगमा सञ्चालित निशुल्क भोजन व्यवस्थापनका लागी प्रदेश सभा सदस्य जन्नत अन्सारीले सहयोग गर्नुभएको छ ।
निषेधाज्ञाका कारण प्रभावित भएका गरीब विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्दै आएका परिवारको भोक मेटाउने प्रयासस्वरुप प्रदेश सभा सदस्य अन्सारीले १ सय ५० किलो आलु लगायतका खाद्यान्न सामाग्री सहयोग गर्नुभएको हो ।
जिल्ला समन्वय समिति पर्साका अध्यक्ष एवम् क्याटका संयोजक नेकमहमद अन्सारीलाई खाद्यान्न सामाग्री हस्नान्तरण गर्दै क्याटले महामारीको समयमा मानवीय सहयोग गरीरहेको भन्दै सह्राना गर्नुभयो ।
साथै उक्त कार्यलाई निरन्तरता दिनका लागी केही सहयोग होस् भन्ने अभिप्रायले आफुले सानो सहयोग गरेको र अरुलाई पनि आफुले सकेको सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचीव श्याम पटेल, तत्कालीन समाजबादी पार्टी जिल्ला सचीव तबरेज अहमद, नेकपा प्रतिनिधि सन्जिव मिश्रा क्याटकी सदस्य शैली चौधरी लगायतको उपस्थिति रहेको थियो ।