×

वीरगञ्ज २० भदौं । वीरगञ्ज कलेज (वीसीपीएल) ले कक्षा ११ मा भर्नाका लागि अनलाईन माध्यमबाट प्रवेश परीक्षा लिएको छ ।

उपत्यका बाहिर पहिलो पटक कक्षा ११ र १२ मा कानून र पत्रकारिता अध्यापन शुरु गरेको कलेजले नयाा शैक्षिक सत्रको नयाँ भर्नाका लागि अनलाईन माध्यमबाट प्रवेश परिक्षा लिएको हो । आज बिहान ८ बजेदेखि व्यावस्थापन संकायको कक्षा ११ को भर्नाका लागि प्रवेश परिक्षा सम्पन्न गरेको छ ।

व्यावस्थापन संकायमा १ सय १९ जनाले अनलाईन माध्यमबाट सहभागि भई प्रवेश परीक्षा दिएको वीरगञ्ज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो । त्यसैगरी शिक्षा, कनून र पत्रकारिता संकायको पनि बेलुकी ४ बजेदेखि अनलाईन माध्यमबाट प्रवेश परीक्षा लिईएको थियो ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईर संक्रमणका कारणले विद्यार्थीहरुलाई उपस्थित गराएर प्रवेश परीक्षा लिने वातावरण नभएको र एसईईबाट कक्षा ११ मा पढ्ने रहर भएका विद्यार्थीहरुको लागि पनि अनलाईन माध्यमबाट लिईएको प्रवेश परीक्षा उपयोगी भएको डाक्टर चौधरीले बताउनुभयो ।

कक्षा ११ मा भर्ना हुनका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरुमध्यबाट पहिलो, दोश्रो र तेश्रो हुने विद्यार्थीहरुलाई आकर्षक पुरस्कारको पनि व्यावस्था गरिएको कलेजले जनाएको छ । प्रवेश परीक्षामा पहिलो हुने विद्यार्थीका लागि पूर्ण छात्रवृत्तिमा भर्ना लिने कलेजले जनाएको छ । त्यस्तै दोश्रो हुनेलाई पुस्तकालय शुल्क मात्रै लाग्ने र तेश्रो हुनेलाई पुस्तकालय र अतिरिक्त क्रियाकलाको शुल्क मात्रै लाग्ने कलेजले जनाएको छ ।

त्यसैगरी कक्षा ११ को पहिलो त्रैमासिक परीक्षामा प्रथम हुने विद्यार्थीलाई ५ हजार नगद द्वितीय हुनेले तीन हजार र तृतीय हुने विद्यार्थीले २ हजार रुपैंया नगद पुरस्कार प्रोत्साहन स्वरुप प्रदान गरिने कलेजका प्रमुख विनोद गुप्ताले बताउनुभयो । कक्षा ११ कै अन्तिम परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुने विद्यार्थीहरुका लागि पनि विशेष पुरस्कारको व्यावस्था गरिएको छ ।

कक्षा ११ को अन्तिम परीक्षामा पहिलो हुने विद्यार्थीलाई ७ हजार, दोश्रो हुने विद्याथीलाई ५ हजार र तेश्रो हुने विद्यार्थीलाई ३ हजार नगदले पुरस्कृत गरिने वीरगञ्ज कलेजले जनाएको छ । प्रवेश परीक्षा दिएका विद्यार्थीहरुको कक्षा २०७७ असोज १ गतेबाट अनलाईन माध्यमबाट हुने कलेजले जनाएको छ ।

यसअघि कलेजले नेपाल भर्चुअल एजूकेशन प्रा. लि. साग “शिलापत्र उजज्वल छात्रवृत्ति” को लागि सम्झौता समेत गरेको छ । सम्झौता अनुसार वीरगञ्ज कलेजले १ जना छात्रा र १ छात्र गरी दुईजना उत्कृष्ट विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउने छ । विद्यार्थीको छनोट भने नेपाल एडुफेयरबाट गरिने सम्झौतामा उल्लेख छ ।

वीरगञ्ज कलेजले कलेजका सबै शिक्षक र कर्मचारीहरुको कोरोना वीमा र घरबाट अनलाईनमा पढाउनका लागि इन्टनेट खर्चको समेत व्यावस्था गरेको छ ।

Back to top