×

वीरगञ्ज २० भदौं । वीरगञ्ज जेसिसको अगुवाईमा सुरु भएको "चुल्हो नबलेको घरमा चुल्हो बाल्ने अभियान" लगातार ८ औँ दिनमा पनि जारी रहेको छ ।

निषेधाज्ञाका कारण प्रभावित भएका गरिव तथा अतिविपन्न परिवारको घरमा चुल्हो बाल्ने अभियान अन्तर्गत ८ औँ दिन शनिबार ५५ वटा घरमा राहत प्रदान गरिएको छ ।

यस अभियान अन्तर्गत वास्तवमै चुल्हो नबलेका तथा आर्थिक अवस्था साह्रै दयनिय भएका परिवारलाई राहत प्रदान गर्ने गरिएको वीरगञ्ज जेसिसका पुर्वअध्यक्ष मनिष श्रेष्ठले बताए ।

जेसिसले नगरका विभिन्न स्थानमा पुगेर पिडितहरुलाई चामल, दाल, नुन, तेल, सोयाबिनलगायतका सामग्रीहरु वितरण गरेको हो । पछिल्लो छ दिनमा संस्थाले ५ सय भन्दाबढी परिवारमा राहत वितरण गरेको श्रेष्ठले जानकारी दिए ।

निषेधाज्ञा खुकुलो भएर जनजीवन पुन: सहज नभएसम्म राहत वितरण गरिरहने संस्थाले जनाएकाे छ।

Back to top