×

वीरगञ्ज । पर्सामा थप ५४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । पर्साका विभिन्न ठाउँमा निर्माण गरिएको आइसोलेसनबाट आज शुक्रबार ५४ जना संक्रमित आइसोलेसनबाट डिस्चार्ज भइ घर फर्किएका छन्।

लगातार एक हप्तादेखि कोरोना संक्रमित आइसोलेसनबाट कोरोना जितेर घर जाँदै छन् । कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर बिभिन्न उमेर समूहका ५४ जना घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएका लगातार दुई पटकको परिक्षणमा नेगेटिभ आएपछि उनीहरु घर फर्किएका छन् ।

एभिन्युजका पर्सा जिल्ला संवाददाता राजन रौनियार पनि कोरोना जितेका छन् । वीरगञ्ज ड्रइपोटस्थित वाटिका होटलमा निर्माण गरिएको सेमि आइसोलेसनबाट २३ जना कोरोना भाइरसलाई परास्त गरेर घर फर्किएका छन्।

सिद्धार्थ स्कुलको आइसोलेसनमा रहेका १५ जनाले डिस्चार्ज भएका छन्।

वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर अस्पतालबाट ८ जना कोरोना भाइरस जितेर घर फर्केका छन् भने ५ जना गोपाल मण्डलीको आइसोलेसनका रहेका छन्।

त्यस्तै कोरोना भाइरस जितेर डिस्चार्ज हुनेमा वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डक अस्पताल, रानीपोखरी होटल सेमि आइसोलेसन, कालिकामाई गाउँपालिकामा निर्माण गरिएको सेमि आइसोलेसनबाट १/१ जना छन्।

योसँगै पर्सामा जिल्लामा कोरोनामुक्त भई घर फर्किनेको संख्या १ हजार ३ सय १९ पुगेको छ।

कोरोना भाइरसबाट पर्सा जिल्लामा शुक्रबारसम्म संक्रमित हुनेको संख्या भने २ हजार ३ सय ७१ पुगेको छ भने अहिले होम आइसोलेसनमा २ सय १९ जना महिला र ६ सय ८९ जना पुरुष गरि ९ सय ८ जना रहेका छन्।

Back to top