वीरगञ्ज १८ भदौं । पीसी मेडिया नेटवर्क प्रालिद्वारा सञ्चालित रेडियो सान्भी ९६.४ मेगाहर्जका कार्यक्रम संयोजक हेमन्त तामाङ कोरोना सङ्क्रमण मुक्त भएका छन् । विगत १४ दिनदेखि कोरोनाबाट सङ्क्रमित भइ होम आइसोलेशनमा रहेका तामाङ आज कोरोनामुक्त भएका हुन् ।
उनले भदौं १४ गते नारायणी अस्पतालमा जम्मा गरेको आफ्नो थ्रोट स्वाबको परिक्षण गर्दा आज रिपोर्ट नेगेटिभ आएपछि उनि कोरोनामुतक भएका छन् ।
रेडियोका महाप्रबन्धक नवराज फुँयालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको क्यन्त्याक्त ट्रेसिङ गराउँडा साउन ५ गते तामाङमा पनि सङ्क्रमण पुष्टि भएको थियो । महामारीको समयमा पनि रेडियो मार्फत जनता समक्ष निरान्तरण सूचना दिने क्रममा आफु सङ्क्रमित भएको उनले बताए ।
सङ्क्रमण पुष्टि भएपनि कुनै कोरोनाको कुनै लक्षण नभएको कारण उनले आफुलाई घरमै होम आइसोलेट गरेका थिए ।
स्वास्थ्यकर खाने कुरा, तातो पानी र नियमित व्ययामले कोरोना जित्न सफल भएको उनले बताए । सङ्क्रमण लागेपछि चिकित्सकको सल्लहा अनुसार नियमित तातो पानी, रोग प्रतिरोधात्मक शक्ति बढाउँने पौष्टिक खाने कुरा र नियमित व्यायाम गरेर सङ्क्रमणलाई जित्न सफल भएको उनले बताए ।
कोरोना लाग्दैमा मान्छेलाई आत्तिनु नपर्ने उनको भनाइ छ । 'सङ्क्रमण हुँदैमा अत्ति हाल्नु पर्दैन, आफ्नो मनोबललाई उच्च राख्दै चिकित्सकको सल्लहा माने सरलै सङ्क्रमणबाट मुक्त भइदो रहेक छ ।'
तामाङ वीरगञ्ज युवा समाजको साचिव समेत हुन् ।