×

वीरगञ्ज १७ भदौं । लकडाउनबाट प्रभावित भएका परिवारका लागि प्रदेश सरकारले पठाएको राहत वडा अध्यक्षले वितरण नगर्दा अढाई महिनादेखि गोदाममा थन्किएको छ ।

प्रदेश नं. २ को सरकारले असारको पहिलो सात दुई सय परिवारलाई वितरण गर्नेगरी पठाएको चामल, दाल, तेल र नुनलगायातका राहतका सामग्रीहरु वडा अध्यक्षले वितरण नगरीदिँदा गोदाममा थन्किएका हो ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १९ का वडा अध्यक्ष सन्तोष तिवारीको लापरवाहीका कारण राहत वितरण हुननसकेको स्थानीयहरुले आरोप लगाएका छन् । प्रदेश सरकारले पठाएको राहत मध्ये अधिक्तम गोदाममा पसेको पानीका कारण सडेको छ ।

वडा अध्यक्ष तिवारीले राहत वितरण नगरेर बिन्दबासिनी मन्दिर परिसरमा रहेको एउटा धर्मशालाको एउटा कोठामा थानेकाएर राखेका छन् । साउनमा भएको वर्षामा राहतलाई एउटा कोठाबाट अर्को कोठामा सर्दा केहि राहत सामग्री समेत बिग्रेको स्थानीयहरुले बताएका छन् ।

दुई सय परिवारका लागि पठाइएको राहतमा प्रतिपरिवारका लागि २५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल, सोयबिन र नुन छ ।

वडा अध्यक्ष तिवारीले राहत वितरणका लागि निर्देशिकाबमोजिम प्रभावित परिवारको लिस्टसमेत तयार पारेर थियो वितरण नगरेको राहत वितरण समितिका एक सदस्यले बताए । उनका अनुसार वडाका दुई गाउँमा एक/एक गरी राहत वितरण गर्ने योजना थियो ।

राहत वितरणका लागि पटक-पटक ताकेता गर्दापनि वडा अध्यक्षले वेवास्ता गरेको उनको आरोप छ ।

Back to top