वीरगञ्ज १७ भदौं । "चुल्हो नबलेको घरमा चुल्हो बाल्ने अभियान" अन्तर्गत वीरगञ्ज जेसिसले आज पाँचौं दिनपनि खाद्यान्न वितरण गरेको छ ।
जेसिसले नगरका विभिन्न स्थानमा पुगेर निषेधाज्ञाका कारण प्रभावित भएका परिवार, दैनिक ज्यालादार गरी आफ्नो जीवन यापन गर्ने मजदुरलगायातका ३४ परिवारलाई आज राहत स्वरूप खाद्यान्न वितरण गरेको हो ।
एक बोरा चामल, दाल, नुन, तेललगायात सामग्री भएको राहतको प्याकेज जेसिसका अभिभावक प्रा. डा. दीपा शाक्यले हस्तान्तरण गरेका थिए ।
वितरण कार्यक्रममा वीरगञ्ज जेसिसका अध्यक्ष मुकेश सिंह, सचिव रञ्जन राउतलगायातका सदस्यहरुले आइसीपीको बञ्जरा टोल, जेल रोड, मुर्ली चोकमा राहत वितरण गरेका जेसिसका मेडिया संयोजक कमरुल अन्सारीले जानकारी दिए ।
संस्थाले निषेधाज्ञा अन्त्य नभएसम्म राहत वितरण कार्य जारी राख्ने जनाएको छ ।