वीरगञ्ज १७ भदौं । नारायणी अस्पतालमा गएरति गरिएको परिक्षणमा बारा जिल्लामा ५० जना कोभिड पोजेटिभ भेटिएका छन् ।
अस्पतालले मंगलबार अबेर राति गरेको ४ सय ९० जनाकाे स्वाबकाे नमुना परिक्षणमा बारा जिल्लाको विभिन्न पालिकाका ५० जनासहित ६४ जनामा कोरना देखिएको छ । जसमा १३ जना पर्साका छन् ।
बारामा थपिएका सङ्क्रमित सबै जिल्लाको सदमुकार कलैया उपमहानगरपालिकाका हुन् ।
नारायणी अस्पतालका प्रवक्ता वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाले दिएकाे जानकारी अनुसार कलैया उपमहानगरपालिकाको वडा नम्बर १ र ७ का पाँच/पाँच जना, वडा नम्बर २३ का तिन जना, वडा नम्बर २ र ४ का छ/छ जना, वडा नम्बर ३, ६, ८, ९ र २१ का एक/एक जना, वडा नम्बर ५ का सात जना र वडा नम्बर २० का चार जना सङ्क्रमित भएका छन् ।
यस्तै सङ्क्रमित हुनेमा गण्डक हस्पिटलका एक जनासमेत रहेका प्रवक्ता डाक्टर चाैरसियाले जनाए ।
गएरति थपिएका पर्सा र बाराका सङ्क्रमितहरु ५ वर्षदेखि ७० वर्ष उमेर समुहका छन् । उनीहरुको सिटि भ्यालु १८ देखी ३२ सम्म रहेकाे डाक्टर चौरसियाले जानकारी दिए । ६४ जनामा ३६ जना महिलापनि रहेका छन् ।