×

वीरगञ्ज १६ भदौं । नारायणी अस्पतालमा रहेको जनरलसहितका अन्य सम्पूर्ण सेवाहरु सुरु गर्न माग गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार ठाकुरलाई ज्ञापन पत्र बुझाइएको छ ।

कोभिड महामारी सुरु भएदेखि बन्द रहेका अस्पतालका महत्पूर्ण सेवाहरुलाई पुन: साविककै अवस्थामा फर्काउन नेपाल पिछडा वर्ग (ओबीसी) महासंघ पर्साले अस्पतालका मेसु डा. ठाकुरलाई ज्ञापन पत्र बुझाएको हो ।

महासंघका जिल्ला अध्यक्ष अध्यक्ष अकलेश साहको नेतृत्वमा गएको टोलीले मेसु डा. ठाकुरलाई चार बुँदे ज्ञापन पत्र बुझाउँदै जनताको अस्पताललाई पुन: जनतालाई सम्पिन माग गरेका थिए ।

त्यसैगरी महासंघले नारायणी अस्पतालको मातहातमा सञ्चालित कोभिड अस्पतालहरुमा देखापरेको देखापरेका समस्याहरु समाधान गर्न, कोरोना सङ्क्रमितहरुको कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउँदै तिब्र बनाउँन र होम आइसोलेशनमा रहेका सङ्क्रमितहरुको व्यवस्थापनमा ध्यान पुर्‍याउन ज्ञापन मार्फत माग गरेको छ ।

ज्ञापन पत्र बुझदै मेसु डा. ठाकुरले अस्पतालका सेवाहरु क्रमस सुरु हुँदै जाने बताएका थिए । उनले अस्पतालका अधिक्तम नियमित सेवाहरु अहिलेपनि सञ्चालित रहेको र अन्य सुरु गर्न गृहकार्य भइरहेको जानकारी गराएका थिए ।

ज्ञापन पत्र बुझाउँने टोलिमा महासंघका उपाध्यक्ष विकास कुमार पटेल, कोषाध्यक्ष राकेश गोंड, सह-सचिव राजन साह कानु, जिल्ला सदस्य राजन गुप्ता, सावन गुप्ता, आकाश गुप्तालगायतको सहभागिता रहेको थियो ।

Back to top