×

वीरगञ्ज १६ भदौं । वीरगञ्जको सडकमा अचेत अवस्थामा अलपत्र परेका एक वृद्धलाई अस्पताल भर्ना गराईएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ राधेमाई क्षेत्रमा विगत दुई दिनदेखि अलपत्र परेका पहिचान नसकेका वृद्धलाई मंगलबार अस्पताल भर्ना गरिएको हो ।

अचेत अवस्थामा अलपत्र परेका वृद्धका बारेमा स्थानीयहरुले कोभिड एक्सन टिम (क्याट) लाई जानकारी गराएपछि उनको उद्धार गरेर अस्पताल भर्ना गराईएको थियो ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहको सहयोगमा क्याटबाट गएको टोलिले वृद्धलाई नारायणी अस्पतालमा भर्ना गराएको छ । वृद्धको अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् । कमजोरीले वृद्धले बोल्न समेत नसकेको चिकित्साकोको भनाइ छ ।

वृद्धलाई क्याटका तबरेज अहमद र सञ्जिव मिश्राको टोलिले उद्दार गरेको थियो ।

Back to top