वीरगञ्ज १६ भदौं । वीरगञ्जमा मंगलबार ४२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । जिल्लाको विभिन्न स्थानमा आइसोलेशनमा रहेका ४२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्जस्थित अस्थायी कोभिड अस्पताल गण्डक हस्पिटलबाट एक जना, वीरगञ्ज हेल्थ केयर हस्पिटलबाट २ महिलासहित १२ जना भएका छन् ।
त्यसैगरी धोबिनी गाउँपालिकाको काली लेख माध्यमिक विद्यालयमा रहेको सेमी आइसोलेशनबाट ३ जना, होटल रानी पोखरीको होटल आइसोलेशनबाट दुई जना र पोखरिया अस्पतालको आइसोलेशनबाट ११ जनाले कोरोना जितेका हुन् ।
त्यस्तै जिराभावानी गाउँपालिका नौका टोला सेमी आइसोलेशनबाट दुई जना, कालिकामाई गाउँपालिकामा होम आइसोलेशनबाट १० जना र नारायणी वयोधा हस्पिटलको होम आइसोलेशनबाट एक जनागरी ४२ जना कोरोनामुक्त भएको जिल्ला प्रशासन कार्यालय पर्साले एउटा सूचना जारी गर्दै जानकारी गराएको छ ।