×

वीरगञ्ज १६ भदौं । काेभिड एक्सन टिम (क्याट) सँग पर्सा प्रहरी प्रमुख गङ्ग पन्तले मंगलबार छलफल गरेकी छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा भएकाे छलफलमा प्रहरी प्रमुख पन्तले भदाै १९ गतेदेखी बजारमा हुन सक्ने भिड नियन्त्रणकाे लागि सहयाेग गर्न आग्रह गरिन ।

उनले वीरगञ्जमा सबै भन्दा ठूलाे समस्या पार्किङ्गकाे रहेकाे बताउँदै त्यसकाे लागि क्याटले साहयता गरिदिनु पर्ने वताइन । पार्कीङ्ग गर्ने ठाउँ लागयत बजारमा हुन सक्ने भिडभाड नियन्त्रणकाे लागि केही स्वयम् सेवकमार्फत सहयाेग गरिदिन उनकाे आग्रह थियाे ।

भदौं १९ गतेदेखी बजार खुलेपछि हुन सक्ने भिड नियन्त्रण गर्न नसकिए फेरीपनि सङ्क्रमण फैलने जाेखिम बढने उनकाे भनाई थियाे ।

छलफलमा प्रहरी प्रमुख पन्तकाे आग्रहमा सहमती जनाउँदै क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीले आफुहरु सहयाेग गर्न तयार रहेकाे वताए । उनले भदाै १९ गतेदेखी खुल्ने बजारमा भिडभाड हुन नदिन प्रहरीलाई सहयाेग गर्न क्याटले सुरुमा १५ जना स्वयम् सेवक खटाउने वताए ।

स्वयम् सेवकलाई प्रहरीले प्रशिक्षण दिएपछि वीरगञ्ज माइस्थानकाे तरकारी बजारमा हुन सक्ने भिडभाड नियन्त्रणकाे लागि खटाइने छ ।

छलफल बैठकमा यसका साथै काेराेना सङ्क्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ बारेपनि कुरा उठेकाे थियाे । त्यसकाे लागि सम्बन्धित स्थानिय तहलाई सकृय बनाउँने छलफल भएकाे थियाे ।

क्याटसँगकाे छलफलकाे क्रममा पर्सा प्रहरी प्रमुख पन्तले निषेधाज्ञामा समस्यामा परेकाहरुले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरे राहत उपलबध गराउने व्यवस्थासमेत मिलाइएकाे जानकारी गराएकी थिइन ।

छलफल बैठकमा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धानका विभाग जिल्ला कार्यालय पर्साका प्रमुख कुमार खड्का, नेपाली सेनाका क्याप्टन विकल्प थापा, क्याटका सदस्य श्याम पटेल, तबरेज अहमद, सञ्जिव मिश्रा, शम्भु कुमार सुमन, सामाजिक संस्था संस्कृतीकि अध्यक्ष शैली चाैधरीलगायतकाे सहभागिता रहेकाे थियाे ।

Back to top