×

वीरगञ्ज १६ भदौं । अल ल्यान्स क्लब अफ वीरगञ्ज आयोजना तथा ग्रिन सिटि सामुदायिक केन्द्र आदर्शनगर र यात्रा डेलीको सहयोगमा नि:शुल्क अक्सिजन सेवा सुरु भएको छ ।

वीरगञ्जमा लागेको लकडाउनका कारण अस्पताल जान नसकेर घरमै आवश्यक स्वास्थ्य उपचार गराइरहेका व्यक्तिहरुका लागि वीरगञ्जका सम्पूर्ण लायन्स क्लबहरुद्वारा नि:शुल्क अक्सिजन सिलिण्डर बिरामीको घरमा पुर्‍याइने छ ।

वीरगञ्जमा कोभिड सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका निजि अस्पतालहरुले गम्भीर किसिमका विरामीहरु भर्न गर्न नमानेपछि सेवाग्राही आफ्नो घरमै उपचार गराउँन बाध्य भएका छन् भने कयौंले उपचारको आभावमा आफ्नो ज्यान समेत गुमाई सकेका छन् ।

यसै महत्पूर्ण विषयलाई मध्यनजर ल्यान्स क्लबहरुले ग्रिनसिटि सामुदायिक केन्द्र र यात्रा डेलीसँगको सहकार्यमा नि:शुल्क रुपमा अक्सिजन सिलिण्डर सेवा सुरु गरेको हुन् । सेवा मार्फत अक्सिजनको कमिले समस्यामा परेका विरामीहरुलाई सहयोग मिल्ने बिस्वास लिइएको छ ।

अक्सिजन सेवा प्राप्त गर्नका लागि सेवाग्राहीले ग्रिन सिटि सामुदायि केन्द्रको आदर्शननगरस्थित कार्यालयमा सम्पर्क गर्न ल्यान्स क्लबले जानेको छ । कुनैपनि व्यक्तिले चिकित्सकको पुर्जी देखाएर ग्रिन सिटि सामुदायिक केन्द्रको कार्यालयबाट अक्सिजन सिलिण्डर लगेर प्रयोग गर्न सक्ने ग्रिन सिटिका अध्यक्ष प्रकाश खेतनाले बताए ।

Back to top