वीरगञ्ज १६ भदौं । अबैध बाटो प्रयोग गरेर नेपाल भित्र्याउन लागिएको विभिन्न सामग्री जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज भन्सारलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीहरुले विभिन्न मितिमा अबैध बाटो प्रयोग गरेर नेपाल भित्र्याउन खोजिरहेको करिब साढे ४ लाख बराबरको विभिन्न बस्तु सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो । सबै सामग्रीलाई हिजो चलान गरिएको हो ।
प्रहरीले चार लाख ४० हजार मटर, खाद्यान्न, हार्डवेयर, लताकपडालगायतका मालसामानहरु भन्सार कार्यालयमा बुझाएको छ ।
सँगसँगै प्रहरीले सामान ओसारपसार गर्न प्रयोग भएको ना ४१ प ६७५५ नम्बरको मोटरसाइकल र ना २० प ८२३७ नम्बरको स्कुटी समेत आवश्यक कारवाहीको लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी गराएको छ ।