×

वीरगञ्ज १५ भदौं । वीरगञ्ज राउण्ड टेबुल थ्रीले काभिड एक्सन टिम (क्याट) लाई साेमबार खाद्यान्न सामग्री सहयाेग गरेकाे छ ।

काेराेना प्रभावितहरुकाे लागि क्याटद्वारा संचालित नि:शुल्लक भाेजन अभियानमा रेडियाे वीरगञ्जका कार्यकारी अध्यक्ष धुब्र साहकाे पहलमा संस्थाले सहयाेग गरेकाे हाे । संस्थाले चामल १० बाेरा, दाल ५ बाेरा, खाने तेल ७५ लिटर, आलुु एक बाेरा र प्याज एक बाेरा सहयाेग गरेकाे क्याटका सदस्य तबरेज अहमदले जानकारी दिए ।

राउन्ड टेबलका आराेह मित्तलले क्याटकाे सचिवालय जिल्ला समन्वय समितिका पर्साकाे कार्यालयमा पुगी साे सामग्री हस्तारण गरेकाे सदस्य अहमद वताए । मित्तलले साे सामग्री क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख नेक महम्द अंसारीलाई हस्तान्तरण गरेका हुन् ।

क्याटले जिल्लामा लागेको निषेधाज्ञाका कारण अफ्ठ्यारोमा परेका असहाय, गरिब र दीनदु:खिहरुका लागि नियमित रुपमा दुई हप्तादेखि नि:शुल्क उपलब्ध गराईरहेकाे सदाबर्त भाेजन अभियान संस्थाले सहयाेग गरेकाे क्याटका सदस्य श्याम पटेलले वताए ।

Back to top