वीरगञ्ज १३ भदौ । वीरगञ्जको महावीर स्थान नजिकै अचेत भइ बेवारिस अवस्थामा लडिरहेका एक पुरुषलाई हस्पिटल पुर्याइएको छ ।
उनलाई स्थानिय समाजसेवीहरुको सहयोगमा हस्पिटल भर्ना गरिएको हो ।
अचेत भएर सडकमा लडेको देखेर स्थानिय युवाले कोभिड एक्सन टीम (क्याट) लाई सम्पर्क गरेका थिए । क्याटबाट तबरेज अहमदको नेतृत्वमा गएको समुहले उनलाई अस्पताल भर्ना गराएका थियो ।
उनलाई अहमद, मानव सेवा आश्रमका दिवेश गुप्तालगायतले रिक्सामा राखेर अस्पताल पुर्याएका थिए ।
उनलाई अस्पतालमा भर्ना पश्चात प्रहरीको जिम्मा लगाइएको अहमदले बताए ।
आवश्यक औषधी खरिद गरी ती व्यक्तिलाई रिक्सामा राखेर नारायणी अस्पतालमा पुर्याएर उपचारकाे प्रबन्ध मिलाएकाे क्याटका सदस्य मिश्राले जानकारी दिए ।