×

वीरगञ्ज १३ भदौ । नेपालका प्रतिष्ठित उद्योगी एवम् व्यवसायी अशोक वैद्य नेपाल–बिहार-झारखण्ड जैन स्वेताम्बर तेरापन्थ सभाको उपाध्यक्षमा मनोनित भएका छन् ।

नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउँन विगत लामो समयदेखि काम गर्दै आएको यस संस्थाको पदाधिकारी बैठकले बैद्यलाई सर्वासमतबाट उपाध्यक्षमा मनोनयन गरेको छ । विभिन्न सामाजिक एवम् धार्मिक कार्यहरुमा समेत संलग्न रहेका बैद्य नेपाल-भारत मैत्री संघका अध्यक्ष समेत हुन् ।

सिमाञ्चलमा बस्ने दुवै देशका नागरिकको हितका लागि काम गरेका उनलाई सम्मानका रुपमा सभाको उपाध्यक्षमा मनोनित गरिएको हो । बैद्य नेपालको व्यसायिक समुह शालिमार ग्रुपको बोर्डका सदस्य समेत हुन् ।

डा. राजकरण दफ्तारीको अध्यक्षतामा गठन भएको कार्य समितिमा नेपालका अन्य व्यक्तिहरुपनि रहेका छन् ।

कार्य समितिमा नेमीचन्द चोपडा, भैरुदान भुरा, भास्कर मनोत र कमल कोचरपनि उपाध्यक्षका रुपमा चयन भएका छन् ।

त्यसगरी महामन्त्रीमा चैनरुप दूग्गड, मन्त्रीमा जितेन्द्र गोल्छा र वीरेन्द्र संचेती, कोषाध्यक्षमा नवरत्न मल कुण्डलिया चयन भएका छन् । त्यस्तै संगठन मन्त्रीको प्रभारी पदमा नवरत्न मल बैंगानी, मीडिया प्रभारीमा राजेशकुमार श्यामसुखा, प्रवक्तामा बिमल बैंगानी र अजय वैद्य चयन भएको सभाले जनाएको छ ।

Back to top