वीरगञ्ज १३ भदौ । बारा–पर्सामा विगत पाँच महिनादेखि लागेको लकडाउनको कारण रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको भन्दै प्रसौनी गाउँपालिका बारामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रसौनी गाउँपालिका वडा नं –४ खुटवा जब्दी बथानी चौकमा शनिबार जनता समाजबादी पार्टी नेपाल, प्रसौनीको आयोजनामा न्यू स्टार नेशनल यूवा क्लब प्रसौनीकोे सहकार्यमा आकस्मिक रक्तदान सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा १ महिला सहित १५७ जनाले रक्तदान गरेका हुन । स्थानीय समिता देवी, सलमान खान, सगीर हवारी, शनी, दिपक, निकु, राधेश्याम, प्रमोद, मनजित महान्नद, सुनिल लगायतले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथी प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ता, विशिष्ठ अतिथी गाउँपालिकाकी उपाध्यक्ष गिता साह, अतिथी वडा नं–४ का वडा अध्यक्ष आन्नद कुमार गुप्ता, वडा नं–३ का वडा अध्यक्ष बैजु गुप्ता, वडा नं–२ का वडा अध्यक्ष सुरेश गुप्ता, रक्तसंचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी सौरभ गुप्ता लगायत वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।
क्लबका अध्यक्ष सुबाश गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा रक्तसंचार केन्द्र वीरगंजको प्राविधीक टोलिले सहयोग उपलब्ध गराएको थियो ।
स्थानिय युवाहरुको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न भएको पत्रकार अकबर हवारीले जानकारी दिए ।