वीरगञ्ज १३ भदौ । स्रोत नखुलेको पैसासहित पर्सा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । निषेधाज्ञाका कारण बन्द रहेको नेपाल-भारत सिमा क्षेत्रबाट लुकीछिपी भारत प्रवेश गर्न खोजिरहेका मोटरसाइकल र भारु ९० हजार नगदसहित सिर्सिया प्रहरीले पक्राउ गएको हो ।
सिमा प्रहरी चौकी सिर्सिया र सशस्त्र प्रहरी विओपी अलौँका सशत्र प्रहरी टोलीको संयुक्त टोलिले नियमित चेकजाँच गर्ने क्रममा शनिबार बिहान ८ बजेको करिबमा समयमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँबाट भारत बिहार बेतिया बस्ने बर्ष ३५ को उमेश साहलाई पक्राउ गरेको छ ।
प्रहरीले साहले चलाइरहेको ना ५६ प ६८७८ नम्वरको एफजेड मोटरसाइकलसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानेको छ ।
साहलाई आवश्यक करवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा ल्याइएको छ । स्रोत खुल्न नसकेको नगद भएको कारण उनि हुण्डी व्यापारी हुनसक्ने प्रहरीको आशंका छ ।